कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार भएको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन हुनुभएका छन् ।

त्यस्तै सदस्यहरुमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन भएकी छन् भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन भएका छन् ।

संघको अधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले पछिल्लो समय हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताए । हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ, श्रेष्ठले भने, यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्ने छ ।’

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बर्ताईन् । संघ जन्माउनु मात्र ठुलो कुरा नभई यसको निरन्तरता मुख्य बिषय रहेको भन्दै महिलाको आवद्दता बढी रहेको संघलाई अवसर सँगै चुनौती पनि उत्तिकै रहेको उनको भनाई छ ।

कोभिड–१९ को कारणले गर्दा असहज परिस्थिति सृजना भएको भन्दै आफ्नो ‘उद्यमी आवाज’ नामक स्मारिका तयारी अवस्थामा रहेको संघले जनाएको छ । संघको ‘उद्यमी आवाज’ स्मारिका केही समयपछि औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गर्ने समेत जनाइएको छ ।

संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताईन् । ‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्व उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उनले भनिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।