सपनकुमार राईले जिते उत्कृष्ट गायक अवार्ड


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




पोखरा । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् ।

नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले पाएका हुन् । सपनले गाएको ‘बाटोको काँडा हटाइदिए।।’ बोलको गीतको लागि यो अवार्ड मिलेको हो ।

चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रहेको यसको गीतको म्यूजिक भिडियो करिब ६ महिनाअघि बेलायतबाट रिलिज भएको थियो । शनिबार ललितपुरमा सम्पन्न अवार्ड वितरण समारोहमा सोही गीतको म्यूजिक भिडियोसमेत निर्देशन गरेका निर्देशक मिलन चाम्सले सपनको अवार्ड थापेका थिए ।

विश्वविख्यात भारतीय गायकहरु मोहम्मद रफी, किशोर कुमार र कुमार सानुका एक से एक गीतलाई मज्जाले उनीहरुकै आवाज तथा शैलीमा गाउन सक्षम नेपाली गायक भएको कारण सपनकुमार राईलाई लण्डनमा कतिले रफी त धेरैले किशोर कुमार तथा कुमार सानु पनि भन्ने गर्दछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।