पोखराको खानेपानी मर्दी खोलाबाट सिधै घरघरमा वितरण गरिएको छ। वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा घरको धारामा पनि हिलो मिसिएको पानी हरेक वर्ष दोहोरिने समस्या हो।
त्यस्तै, हिउँदको वेला पानीको कमीको कारण धेरैको घरमा पानी आउँदैन। ति सबै घरधनी वा वहालमा बस्ने सबै जना खानेपानी लिन जाने भनेकै पोखराको रानीबनस्थित तितेपानीको मुहान नै स्थान हो। जहाँ, गर्मीको समयमा फ्रिजको जस्तो चिसो र मिठो, हिउँदको वेला पनि नियमित पानी पाइन्छ।
वजार क्षेत्रबाट निकै नजिक रहेको सो तितेपानीको मुहानमै दैनिक सयौंको संख्यामा खानेपानी लिन पुग्ने गर्छन्। जहाँ, पानीटंकी सानो र धारा एउटा मात्रै भएकोले विहान ३ वजेदेखि नै पानीको लागि लाईनमा वस्नुपर्ने वाध्यता थियो। अव त्यो वाध्यता केही महिना पछि हट्ने भएको छ।
पोखरा महानगरपालिका वडा नं. १७ रानीवनको छेउमा रहेको तितेपानीको खानेपानी संरक्षणको लागि पानीटंकी निर्माण सुरु गरिएको छ।
शुक्रबार करिब ५० हजार लिटर क्षमताको पानीटंकीको पोखरा १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले शिलान्यास गरे। अधिकारीले वडाले तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने बताउँदै पुण्यको काम भएकोले स्थानीयले पनि सक्दो आर्थिक सहयोग गर्ने अपेक्षा गरेका छन्।
कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुंगाना, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, इर््ञ्जीनियरहरु किसनसिं गुरुङ, र जीवन शेरचन, पर्यटन व्यवसायी वच्चुराम तिवारी, समाजसेवी क्या. धर्मदत्त तिमिल्सिनालगायतले शुभकामना दिदैं निर्माण कार्य छिटोभन्दा छिटो सक्नेपर्नेमा जोड दिए।
पानीटंकी निर्माणको लागि अन्दाजी ३५ लाख अनुमान गरिएको र पानीको मुललाई ध्यानमा राखेर बाटोलाई नवनिर्माण टंकीको तलबाट लैजानुपर्ने ईञ्जीनियरहरुको भनाई छ।
समितिका अध्यक्ष तथा ड्यामसाईड क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा डेभिजफल क्लबका अध्यक्ष खेमराज वराल (पुष्प) ले स्वागत र संचालन सचिव अनन्तराज लम्सालले गरेका थिए।
जीर्ण भइसकेको पानीटंकी र मिठो पानी खान घण्टौ लाइनमा बस्ने व्यक्तिहरुको दिनप्रतिदिनको रोजाइमा पर्दै गएको तितेपानीको संरक्षणको लागि कार्तिकको अन्तिम साता पोखरा १७ का संघसंस्थाका प्रतिनिधिहरुको भेला बसेको थियो।
भेलाले ड्यामसाईड निवासी समाजसेवामा सक्रिय युवा पदमबहादुर ढकालको अध्यक्षतामा ११ सदस्यीय तितेपानी संरक्षण समिति गठन गरेको थियो। भेलाले उपाध्यक्षमा खेमराज बराल (पुष्प), सचिवमा अनन्तराज लम्साल, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल, सहसचिवमा विना पौडेल र सदस्यहरुमा हरि लम्साल, दानबहादुर शाही, कृष्ण थापा, कोपिला दिवाली, घनश्याम सुवेदी, विनम गुरुङ छन्।
सोही भेलाले प्राविधिक सल्लाहकारहरुमा ईञ्जीनियरहरु किसानसिं गुरुङ र जीवन शेरचन, ओम शर्मा, र सोफिया गुरुङ छन्। सल्लाहकारमा गणेश भट्टराई, भीमबहादुर भट्टराई, डिलबहादुर क्षेत्री, रामचन्द्र गुरुङ, सावित्रा खवास, कृष्णप्रसाद चालिसे र विष्णुप्रसाद पौडेल छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







