पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छन् ।
उनले पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए । पाहारी गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे ।
उनले विकास बाहेक आफ्नो कुनै सपना नभएको भन्दै आफ्नो निर्बाचन क्षेत्र उदाहरणिय बनाउन लागि परेको बताए । सो अबसरमा पाहारीले आफ्नो गण्डकी प्रदेश निर्वाचन क्षेत्र कास्की ३(ख) मा संचालित विकास आयोजनाहरुको बारेमा जानकारी समेत दिए ।
जिल्ला इन्जिनियर किरण आचार्यले समयमै सम्पन्न गर्न हरतरहले लागी पर्ने भन्दै स्थानीयहरुलाइ आफ्नो सहयोग र सहभागिता बढाउन आग्रह गरे ।
गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालय पुर्बाधार बिकास कार्यालयका इन्जिनियर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने भन्दै गुणस्तरमा कुनै कमजोरी हुन नदिने बताए ।
पर्यटन बोर्डका पुर्ब सदस्य एबम पर्यटन व्यावसायि अग्नि कडेलले बिकासमा सबै स्थानियहरु एक भएको भन्दै पर्यटनको केन्द्र लेकसाइडमा बिश्वकै ध्यान पुग्ने हुँदा यसको बिकास मात्रै नभै समय अनुसार यसको रुपान्तरणमा आफुहरु प्रतिबद्ध भएको बताए।
पोखरा महानगर वडा न ६ का वडा अध्यक्ष जगत पाहारीले बिकास निर्माणका कार्य बिना बिबाद सम्पन्न हुनुपर्ने भन्दै त्यसकालागी वडा कार्यालय समन्वयमा सधै तयार रहेको बताए। उनले आफ्नो ठाउँ बनाउन स्थानीयहरु आफै सरिक र सहभागी समेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा होटेल एसोसिएसनका केन्द्रीय सदस्य भरतराज पराजुली ,पर्यटन बोर्ड पूर्व सदस्य बासु त्रिपाठी , टान पश्चिमाञ्चलका द्वितिय उपाध्यक्ष कृष्ण आचार्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थिए ।
करिब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको ४७ लाख ७० हजारको कुल लागतमा सम्पन्न हुने बताइएको छ । सो बाटोको परिधी कन्स्ट्रक्सनले ५ महिना भित्र सम्पन्न गर्ने गरि निर्माण कार्य शुरु गरेको हो ।
नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिब गोपी भट्टराई र स्वागत खहरे टोल बिकास संस्था अध्यक्ष खिमलाल पहारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





