पोखरा । सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिको कार्यालय अगाडि अनुपम मार्ग (गुरुकुल स्कुल जाने बाटो)मा आइटी गार्डेन खुलेको हो ।
नागार्जुना कलेज अफ आइटी काठमाडौंबाट बिएससि सिएसआइटी अध्ययन पुरा गरेका अनुप पन्त आइटी व्यवसायमा आबद्ध भएका हुन् । परम्परागत व्यवसायलाई आधुनिक शैलीमा सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा ल्याएको पन्तले बताए ।
पन्तले पोखरा तथा आसपासका क्षेत्रमा सेक्युरिटी सिस्टम र अटोमेसनलाई प्राथमिकतामा राखेर सेवा सुरु गरेका हुन् । ‘सफ्टवयर वेवसाइटदेखि आइसिटी एसेसरिजहरुको सम्पूर्ण सेवा यहाँबाट उपलब्ध गराउछौं,’ पन्तले भने, ‘ल्यापटप, कम्प्युटर, ट्याव, प्रिन्टर लगायतका सामान सुपथ मूल्यमा बिक्री गर्नेछौं ।
सेक्युरिटी सिस्टम अन्तर्गत सिसी क्यामरा, आलराम सिस्टम, बायोमेट्रिक एटेन्डेन्स सिस्टम लगायत सुरक्षासँग सम्बन्धित सम्पूर्ण काम गरिने पन्तले जानकारी दिए । अटोमेसन सिस्टम अन्तर्गत रिमोट कन्ट्रोल सिस्टम गेट, ढोका, झ्याल, एक्सेस कन्ट्रोल लगायतको सेवा उपलब्ध हुनेछ । ‘स्मार्ट होम एण्ड स्मार्ट अफिसका लागि हामीले सेवा प्रदान गर्नेछौं,’ उनले भने, ‘मल्टिप्लक, झ्याल ढोका सबै मोबाइलबाटै सञ्चालन गर्न सकिने सिस्टम हामीसँग छ ।’
पोखरा तथा आसपासका क्षेत्रलाई लक्षित गरी आइ.टि. गार्डेन सञ्चालनमा ल्याइने पन्तले बताए । ‘एकै ठाउँबाट आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा हामीले प्रदान गर्नेछौं,’ उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







