आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दाको संवैधानिक इजलासमा बहस हुँदै


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित




प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज (बुधबार) देखि शुरु हुँदैछ।

सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो।

सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ।

यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ।

नेपाल बार एशोसिएसनको तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिएको छ।

सर्वोच्च अदालतले एमिकस क्युरीका लागि कानूनवेत्ता झिकाउने आदेश जारी गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।