काराबाओ कप फुटबल : म्यानचेस्टर डर्बीमा सिटीको फाइनल यात्रा


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




काराबाओ कप (इएफएल) फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी फाइनलमा पुगेको छ।

दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।

ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ८३ औँ मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० को जित दिलाए। अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, पहिलो सेमिफाइनल खेलमा टोटनहमले च्याम्पियनसीप क्लब ब्रेन्टफोर्डलाई समान २–० ले हराउँदै फाइनल पुगिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।