सगरमाथाको पुरस्कार वितरण र पुस्तक विमोचन भोली


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




पोखरा । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले बिश्वब्यापी कविता प्रतियोगिताको बहुप्रतिक्षित पुरस्कार बितरण कार्यक्रम शनिबार (भोली) गर्ने भएको छ ।

गत बर्ष आयोजना गरिएको विश्वब्यापी कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम कोरोना महामारिका कारण सम्भब नभएपछि लामो समय रोकिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममै “कविताहरुको सगरमाथा“ नामक कविता संग्रह पनि बिमोचन गरिदै छ । यस संग्रहमा सोही प्रतियोगितामा उत्कृष्ट भित्र पर्न सफल एघारसहित निर्णायकले मन पराएका अन्य प्रतियोगी कविता र केही अन्य कविका राम्रा कविता गरि कुल ७१ कविका ७१ कविता समेटिएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा सर्बोत्कृष्ट एक सहित अन्य उत्कृष्ट दस बिजयी प्रतियोगी कविलाई पनि निमन्त्रणा गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा सर्बोत्कृष्ट बनेका रौतहटका मनोज बिश्वकर्माले ५५ हजार पाँच सय पचपन्न रुपैंया र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा भाग लिन दार्जिलिङ र देशका विभिन्न स्थानबाट समेत बरिष्ठ कविहरुको सहभागिता रहने कार्यक्रमका संयोजक कवि अजित क्षेत्रीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।