वाणिज्यतर्फ विनायक र उद्योगतर्फ गण्डकी मेसिनरी सर्वोत्कृष्ट


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघले वाणिज्यतर्फ विनायक फ्रेस हाउस चिप्लेढुंगा र उद्योगतर्फ गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्रलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । संघले ६६ औं साधारण सभा तथा ३३ औं महाधिवेशनको अवसरमा विनायक र गण्डकी मेसिनरीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे ।
संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिले उनीहरुलाई सर्वोत्कृष्ट छनौट गरेको संघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।