कास्की कांग्रेसले शनिबार गर्ने प्रदर्शनको तयारी पूरा


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस २५ गते शनिबार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ ।

कांग्रेसले शनिबार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।

कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को बिरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र बाम्दीबाट प्रदर्शन शुरु हुने छ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।