ढिकुरपोखरी समाजको साधारणसभामा एभरेस्टकर्मी पौडेल सम्मानित


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




ढिकुरपोखरी समाज पोखराको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ ।समारोहका बीच पत्रकार श्रीभद्र पौडेल सम्मानित भएका छन् । पौडेललाई पत्रकारिता क्षेत्र मार्फत समग्र कास्की जिल्लाको विकासमा योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो।
कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी समाजका सल्लाहाकार कुलबहादुर गुरुङ कुलुले समाज एकताको प्रतिक भएको चर्चा गर्दै समाज मार्फत भातृत्व विकास गर्नुपर्नेमा जोड दिए । उनले समाजद्वारा स्थापीत अक्षयकोषको सदुपयोग हुनुपर्ने पनि औँल्याए ।
उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, थाहा फाउन्डेसन कास्की अध्यक्ष सरु दाहाल, पाउँदुरकोट आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद सुवेदी, दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष निर्मला अधिकारी, आजीवन सदस्यद्वय कृष्ण भण्डारी र सीता भण्डारी साथै समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारीले भनाई राखेका थिए । उनीहरुले समाजलाई नमुना बनाउनुपर्ने, अक्षयकोशको रकमको सदुपयोग गर्नुपर्ने, समाजको भवन निर्माणतर्फ पनि सोच्नुपर्ने, ढिकुरपोखरीवासीको आजीवन संस्था भएकाले माया गर्नुपर्ने, समाज दुख,सुखको साथी बन्नुपर्ने लगायतका धारणा राखेका थिए ।
सो अवसरमा सचिव सोमनाथ पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन साथै कोषाध्यक्ष बाबुराम अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भए ।
समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत तथा सचिव सोमनाथ पौडेलले कार्यक्रम संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।