बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।
म्याराथनको २१ किलोमिटर दुरी रायमाझीले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।
प्रतियोगितामा नारायण दल गण कपिलवस्तुका सुबास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए। त्यस्तै, बिन्दवासिनी बाहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने।
यसैगरी, महिलातर्फको उपाधि गरुण दल बुटवलकी निर्मला केसीले हात पारिन्। उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गरेकी हुन्। सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन्। त्यस्तै, गोरख दल गण पाल्पाकी मिनिसा थापाले १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो बनिन्।
म्याराथन विजेता शिवबहादुर र निर्मलाले नगद २५ हजार, उपविजेता सुवास र भावनाले २० हजार र तेस्रो बनेका गौरव र मिनिसाले १५ हजार सहित मेडल र प्रमाणपत्र हात पारे।
रुपन्देहीको ऐतिहासिक जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले भिक्टोरी हाफ म्याराथनको आयोजना गरिएको थियो। ऐतिहासिक जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाई तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो।
जीतगढीमा नेपाल र अंग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव…





