दर्शन बचत तथा ऋण सहकारी सहकारीको १० औं साधारण सभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति हमाल, चित्र बहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष बिष्णु उच्चै ठकुरीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिए । उनले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै दर्शन सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताउदैँ आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
सस्थापक अध्यक्ष खिमबहादुर शाहीको अध्यक्षतामा अधिवेशनलमा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले दर्शन बचत तथा ऋण सहकारीलाई कास्की जिल्लामै नमुना सहकारी बन्न सुभकामना दिदैँ सहकारीको उत्तरउत्तर प्रगतिको कामना गरे । उनले भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन अनुरोध गर्दै मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाए । सहकारीका सचिव राजाराम शाहीले सञ्चालन गरेको सभामा उपाध्यक्ष बिष्णु उच्चै ठकुरीले स्वागत गरेका थिए । सभामा सहकारीका सल्लाहकार दुर्गा बहादुर शाह, ठकुरी संगम परिवार कास्कीका अध्क्ष फमबहादुर शाही, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा पदमा मल्ल सदस्य शान्ति शाही र याम बहादुर हमाल, ऋण समिति संयोजक चित्र बहादुर मल्ल सदस्यमा रबिन्द्र बिक्रम चन्द र खिम बहादरु शाही, शिक्षा समिति संयोजकमा ज्योति हमाल सुनिता मल्ल र लक्ष्मी शाही रहेका छन् । निर्वाचन संयोजक ईश्वरी हमालले नवनिर्वाचित टिमलाई सपथ ग्रहण गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







