सारङगी बजाएर गाउँघरमा सूचना प्रवाह गर्दै हिड्ने गन्धर्व पेशा आजकल संकटमा पर्दै गएको प्रति चिन्ता प्रकट गर्न थालिएको छ। गन्धर्व जातिको अघिल्लो पुस्ता सकिदै गएको र आवश्यक मात्रामा नयाँ पुस्तामा बजाउने सीपको हस्तान्तरण हुन नसक्दा यो पेशा संकटमा पर्दै गएको हो ।त्यसका साथै कतिपय सारङगी बजाउन जानेका नयाँ पुस्ताले गाउँघरमा गई गीत गाउन लाज मान्ने गरेको र पछिल्लो पटक भित्रीएका विभिन्न संचार माध्ययमले पनि यो पेशालाई छायाँमा परेको स्वयम् गन्धर्व समुदायको अनुभव छ ।
पुर्खाले पच्छाएको पेशा गर्न मन भएपनि गाउँघरमा गई सारङगी बजाएर परिवार पाल्न सक्ने अवस्था नभएपछि गीत गाउन छाडिएको पोखरा–१६, बाटुलेचौरका हर्क गायकले बताए । पहिला जस्तो गाउँ घरमा खेतीवाली गर्ने चलन पनि छैन, गीत गाएर अन्नपात बटुलेर परिवार पाल्न पनि प्रायः असम्भव जस्तै छ, गाइने भनेपछि हेलाको नजरले हेर्न चलन पनि क्रमश बढ्दो छ, उनले दुखेसो पोखे।
नेपालमा गन्धर्व जातिको मुख्य थलो पोखरा–१६, बाटुलेचौर मानिन्छ ।त्यहाँ ६८ घरपरिवारका साढे ३ सय बढी गायक बसोवास गर्दछन् ।जसमध्ये खिमबहादुर गन्धर्व, धनबहादुर गायक र बैनबहादुर गायक पुरानो पुस्ताका मानिन्छन्। जसमध्ये खिमबहादुर हाल प्यारालाइसिस्बाट पीडित छन् ।त्यस्तै हेमजा हनुमानचोकका लालबहादुर गायक पनि मुटु रोगका कारण गीत गाउन सक्ने अवस्थामा छैनन् ।
बाटुलेचौरका तत्कालिन भलकमान् गन्धर्व यो पेशाबाट निकै चर्चित बनेका थियो ।उनको ‘बाबाले सोध्लान् निः, खोई छोरा भन्लान् नी’ गीत अहिले पनि चर्चा मै छ ।उनको वि.स २०६१ मा स्वर्गारोहण भयो ।त्यस्तै हाल बाटुलेचौरमा नेपाल गन्धर्व समुदाय विकास केन्द्र संस्था समेत स्थापना गरी कार्य अगाडि बढाइएको छ ।
गन्धर्व समुदायले यदि राज्यले सहयोग गरेको खण्डमा पेशा बचाउन आफूहरु तयार रहेको पनि बताएका छन् ।पहिलेको सम्मानित पेशालाई हामी पुरानै ठाँउमा फकाँउँछौं तर त्यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास हुनु आवश्यक भएको उनीहरुको ठहर छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






