पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यमा पोखरेल बिजयी


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित पोखरेल निवर्तमान महासचिव हुन् ।

संघको नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा नारायण कोइराला प्यानलबाट चुनाव लडेका पोखरेल प्रतिष्पर्धी विन्दु कोइराला सुवेदी प्यानलका सोवित पौडेललाई १ सय ४८ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

बिजयी पोखरेलले १ हजार २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।