गजकुमारी गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




पुराना कम्युनिष्ट नेतृ गजकुमारी गुरुङले नेपाल कम्युनिष्ट पार्टी (ओली) पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । गुरुङले आईतबार एक विज्ञप्ती जारी गर्दै नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको जनाएकी हुन् ।

शुरुमा केन्द्रीय सदस्य पद पाउँदा खुसी लागेपनि प्रधानमन्त्री ओलीले जनमतलाई खिल्ली उडाउँदै नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र प्राप्त संविधानको रक्षा नगरेको निश्कर्षमा आफू पुगेकाले ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको उनले बताएकी छन् । साथै उनले प्रधानमन्त्री ओलीले आवेगमा आएर संसद विघटन गरेको र सो कदमले नेपाली कम्युनिष्ट आन्दोलनलाई नै कमजोर काम गरेको आरोप लगाएकी छन् ।

गुरुङले आफू संस्थापन पक्ष (प्रचण्ड माधव) समूहमा रहेको जनाउँदै अझैपनि आफू पार्टी एकताको पक्षमा आफू उभिने प्रतिबद्धता जनाएकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।