पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षदेखि सदस्यसम्म नारायण कोइराला प्यानलको बर्चस्व


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् । कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने पराजित सुवेदी निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् । कुल २ हजार ३ सय ६५ मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

संघको अन्य पदाधिकारीमापनि नारायण कोइराला प्यानलको बर्चस्व रह्यो । संघको बरिष्ठ उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिव तथा कार्यकारिणी सदस्य मध्ये ७ सदस्य कोइराला प्यानलले जितेको छ । उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र जित्दा विन्दु सुवेदी कोइराला प्यानलका २ सदस्यले मात्र चुनाव जितेका छन् । कार्यकारिणी सदस्यमा २ जना स्वतन्त्रले जितेका छन् ।

संघको बरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित भएका छन् । कोइराला प्यानलबाट उमेदवारी दिएका उनीबिरुद्ध कसैलेपनि उमेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । संघको उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र उमेदवार गोकर्ण कार्की बिजयी भएका छन् । कार्की नारायण कोइराला प्यानलका चिनुकुमारी गुरुङलाई ३ सय १३ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी कार्कीले १ हजार ३ सय २७ मत पाउँदा पराजित गुरुङले १ हजार १४ मत प्राप्त गरिन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भए । उपाध्यक्षमा निर्वाचित पोखरेल निवर्तमान महासचिव हुन् । कोइराला प्यानलका उनले प्रतिष्पर्धी विन्दु कोइराला सुवेदी प्यानलका सोवित पौडेललाई १ सय ४८ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पोखरेलले १ हजार २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महासचिव पदमा सुरेन्द्रमान बिजुक्षे बिजयी भए । कोइराला प्यानलका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन् । महासचिवमा निर्वाचित बिजुक्षे निवर्तमान कोषाध्यक्ष हुन् । बिजयी बिजुक्षेले १ हजार ५ सय १४ मत प्राप्त गरे । पराजित धनीराम बरालले ८ सय २८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा बलराम आचार्य बिजयी भए । उनी विन्दु कोइराला सुवेदी प्यानलका तारानाथ ढुंगानालाई १९५ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी आचार्यले १ हजार २ सय ६५ मत प्राप्त गरे भने पराजित ढुंगानाले १ हजार ७० मत प्राप्त गरे ।

उप महासचिवमा केशबबहादुर खत्री बिजयी भए । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । निर्वाचित खत्रीले एक हजार ३ सय १३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी बर्तौलाले १ हजार १३ मत प्राप्त गरे ।

संघको १० खुल्ला सदस्य पदका लागि भएको निर्वाचनमा कोईराला प्यानलकी शोभा गौतम सर्वाधिक १ हजार ७ सय मत, देवेन्द्र केसी १ हजार ६ सय ८५, कुमारी मुना बास्तोला १ हजार ६ सय २६, हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी १ हजार ३ सय २३, दीनेशचन्द्र बास्तोला १ हजार २ सय ८२ मत प्राप्त गरेर बिजयी भए ।

विन्दु कोइराला सुवेदी प्यानलकी पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत प्राप्त गर्दै बिजयी भईन् । स्वतन्त्र उमेद्वार द्वय उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ र सुदीप प्रधानाङ्ग १ हजार ४ सय १४ मत प्राप्त गरेर बिजयी भएका छन् ।

संघको सदस्यमा पराजित कीर्तिबल्लभ त्रिपाठी १ हजार २ सय ३८, ऋषिराम भण्डारीले १ हजार १ सय ८२, रामेश्वर अधिकारीले १ हजार १ सय ११, विनोद केसीले ९ सय २७, उत्तम सेवक कार्कीले ९ सय १३ र रामप्रसाद गौतमले सबैभन्दा कम ८ सय मत प्राप्त गरे ।

वस्तुगततर्फ राजन गोंगजु, बलराम तिमिल्सिना, बालकृष्ण कोइराला र रुपनारायण भुजेल बिजयी भए । कुल २९ मध्ये गोंगजुले सर्बाधिक १८, कोइरालाले १६ मत प्राप्त गरे भने भुजेल र तिमिल्सिना गोलाप्रथाबाट बिजयी भएका हुन् ।

यसअघी एशोसियट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी निर्विरोध निर्वाचित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।