पीएम कपका लागि गण्डकी प्रदेशको टिम घोषणा


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिमको घोषणा गरेको छ ।

विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो।

टिमको उपकप्तानमा अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल, विष्णु पाण्डे र दिनेश बुढामगर छन्।

यस्तै, टिमको वैकल्पिक खेलाडीमा मिलन लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु छन्। टिम म्यानेजरमा चन्द्रकुमार गुरुङ छन्।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा ३ विभागीय टोलीसहित ७ प्रदेशको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश छन्।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश छन्। उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।