क्यान्सर भएकाहरुलाई यातायातमा निःशुल्क सेवा दिइने भएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल अर्बुदरोग निवारण संस्था कास्की र नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेवन्ट्स (नाट्टा) गण्डकी प्रदेशबीच क्यान्स रोगबाट प्रभावित भएका तथा उनीहरुको उपचारका लागि हिंडेकाहरुलाई यातायातमा निःशुल्क सेवा दिने सम्झौता भएको हो । सम्झौता अनुसार नाट्टाले पोखरा–काठमाडौं, पोखरा–भरतपुरसम्म आवतजावतमा निःशुल्क सेवा दिनेछ ।
सम्झौता पत्रमा नेपाल अर्बुदरोग निवारण संस्था कास्कीका सभापति प्रेमबहादुर भुजेल र नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले हस्ताक्षर गरेका छन् ।
यसैबीच, विश्व क्यान्सर दिवसको अवसरमा विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने संस्थाका सचिव डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनले नाट्टासँग सहकार्य गरेर समुदाय स्तरमा क्यान्सर सचेतना कार्यक्रम एवम् उपचारसँग सम्बन्धित विविध कार्यक्रम नियमित गरिनेपनि बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







