जुम्लाका रोकायले जिते रिसिङ म्याराथन दौडको उपाधि


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित




जुम्लाको राजन रोकायले प्रथम रिसिङ म्याराथनको उपाधि जितेका छन् ।

राजनले २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा ४२ किलोमीटरको दूरी पार गर्दै उपाधि जितेका हुन्।

उपाधिसहित उनले ६५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यस्तै डोटीका नवराज साउदले २ घण्टा ५१ मिनेट ५० सेकेण्डमा उक्त दूरी पार गर्दै दोस्रो र ३ घण्टा २ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सोलुखुम्वुका कुलुङ राई तृतीय भएका छन्।

दोस्रो नवराजले ४० हजार र तेस्रो हुने कुलुङले २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाएका छन्।

म्याराथन विजेता धावक राजन र नवराज त्रिभुवन आर्मी क्लवका हुन्। प्रतियोगीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मेडल र ट्रफीसहित पुरस्कार प्रदान गरे।

प्रतियोगितामा १०५ जना धावकहरुको सहभागिता थियो। रिसिङको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले पहिलो पटक रिसिङ म्याराथन प्रतियोगिता संचालन गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

त्यस्तै, प्रतियोगितामा देवराज महतरा, वेदवहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।