नुवाकोटको विभिन्न स्थानमा यस वर्षको माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने भएको छ ।
सोमबारसम्म जिल्लाका ४ स्थानमा गोरु जुधाउने कार्यक्रम राखिएको आयोजकहरुले जनाएका छन्।
तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ र शिवपुरी गाउँपालिका–५, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला संचालन हुन लागेको हो। चार स्थानमा गरी हालसम्म ३१ हल गोरु जुधाउनको लागि किसानहरुले दर्ता गरेका छन् ।
तारुकाको गोरु जुधाउने मेला आयोजक संस्था माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले सोमबार विदुरमा पत्रकार सम्मेलन गरी १७ हल गोरु जुधाउनको लागि किसानहरुले दर्ता गरेको जानकारी दिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीमा यो वर्ष द्ध हल मात्र गोरु जुधाइनेछ। बेत्रवतीमा विजेता गोरु धनी किसानलाई ५ हजार नगद र दोस्रो गोरुधनी किसानलाई ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाइनेछ । विजेता तथा सहभागी गोरुका धनीहरुलाई रु. १५, १० र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। शिवपुरी गाउँपालिका–५, शेराबगरमा यो वर्ष द्ध हल गोरु जुधाइनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







