गण्डकी प्रदेश सहित अन्य ३ प्रदेशमा आज (मंगलबार) सामान्य वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जनाएअनुसार आज (मंगलबार) राति गण्डकी प्रदेश सहित प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ।
अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो। उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने संभावना रहेको छ।
मौसम बदलीसँगै आज (मंगलबार) विहानैदेखि अहिलेसम्म पोखरामा कुहिरो लाग्नुको साथै चिसो बढेको छ। म्हाशाखाका अनुसार पोखराको जलवायु अधिकतम तामक्रम २० दशमलव ४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ दशमलव ३ डिग्री सेल्सियस रहने अुमान गरिएको छ।
यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको महाशााखाले जनाएको छ। बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ। हिजो न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। काठमाण्डौ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







