काँग्रेस सभापति देउवा माघ १ गते पर्वत आउने


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ।

पोखरा । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ ।

उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी हुने छन् ।

कार्यक्रमको तयारी तिव्र पारिएको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ ।

०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।