नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीको नेकपालाई पार्टी नभई फाण्डेसन भएको टिप्पणी गरेका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपीले अहिले बनाएको केपी ओली फाउण्डेसन हो, पार्टी होईन ।’ उनले उखान तुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए ।
सर्वोच्च अदालत र निर्वाचन आयोग केपी ओलीको सेटिङमा नफस्ने दाबी गरेका छन् । उनले यस्तो बताएका हुन् । अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सूर्य चिह्न हाम्रै हुन्छ, संसद विघटनपनि सदर हुन्छ भनेर,उनले भने,‘तर केपीको सेटिङमा सर्वोच्च अदालत फस्दैन, निर्वाचन आयोग फस्दैन, त्यसैले संसद पुर्नस्थापना हुन्छ, नेकपापनि हाम्रै हुन्छ, अनि सूर्य चिह्नपनि ।’
अध्यक्ष नेपालले केपी ओली कम्युनिष्टको नाममा कलंक भएको आरोप लगाए । कम्युनिष्ट नेता÷कार्यकर्ता ईमान्दार हुन्छन्, कम्युनिष्टमा बिचार हुन्छ, सिद्धान्त हुन्छ,उनले भने,‘तर केपी ओलीमा त्यस्तो केहीपनि गुण छैन ।’ ओलीमा आफू मात्र जान्ने, सुन्ने, आफूलाई सर्वज्ञाता ठान्ने र अरु केहिपनि नजान्ने भन्नेजस्ता दास र सामन्ती प्रवृत्ति रहेको उनले आरोप लगाए । उनले गण्डकी प्रदेश र लुम्विनी प्रदेश केपी पीडित प्रदेश भएको बताए । केपीले आफ्ना गोटीलाई मात्र पद दिएर राखेकाले यहाँका ईमान्दार नेता÷कार्यकर्ता पीडित भएको उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँएको छ । घरको मूलढोकामा…





