आफ्नो अपराध खुल्ने डरले ओलीले संसद विघटन गरे : नारायणकाजी


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित




नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक मात्र नभई, अप्रजातान्त्रिक, अलोकतान्त्रिक, प्रतिगामी, तानाशाही र निरंकुशपनि भएको आरोप लगाएका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा संसद विघटन गर्ने अधिकार नै नभएको दाबी गरेका हुन् । आफ्नो अपराध खुल्ने भयो भन्ने भएपछि डराएर ओलीले संसद विघटन गरेको उनको आरोप छ ।

नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले संविधान मिच्ने ओली अराजक र स्वेच्छाचारी भएको आरोप लगाए । केपी प्रवृत्ति भनेको आफै संविधान, आफै कानून, आफै विधान भन्ने हो,‘उनले भने,‘यो प्रवृत्ति अन्यमापनि विकास हुनसक्छ, त्यसैले यसबिरुद्ध सबै लडौं ।’

नेकपा गण्डकी प्रदेश सहईञ्चार्ज यशोदा सुवेदीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको आरोप लगाईन् । ७० वर्षदेखि नेपाली जनताले लडेर ल्याएको गणतन्त्र, संघीयता, समावेशीता ओलीका कारण गुम्न लागेको भन्दै उनले त्यसकाबिरुद्ध लड्न अपिल गरिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।