चौथो संस्करणको बा¥हखरी आमन्त्रित गल्फ प्रतियोगिता पोखरामा हुने भएको छ।
माघको २३ देखि २५ गतेसम्म पोखराको हिमालयन गल्फ कोर्समा प्रतियोगिता हुने मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
एनसेलसँगको सहकार्यमा बा¥हखरी मिडियाले गल्फ प्रतियोगितालाई निरन्तरता दिएको हो। यो वर्षको प्रतियोगिताका लागि भेनूको रुपमा पोखरालाई छनोट गरेको हो।
कोरोनाको कहरले धरासायी बनेको पर्यटन क्षेत्रलाई उठ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। पोखराको पर्यटन प्रबद्र्धनका लागि यस वर्षको गल्फ प्रतियोगिता यहाँ आयोजना गर्न लागिएको बा¥हखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिए।
नेपालको पर्यटकीय क्षेत्रकै राजधानी मानिने पोखरामा प्रतियोगिता गरेर यहाँको आन्तरिक पर्यटन र पर्यटन पुनरुत्थानप्रति विशेष जागरण फैलाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रतियोगितामा पोखरा लगायत काठमाण्डौं, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर गरी ७२ जना गल्फका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
प्रधानले भने, ‘प्रतियोगितामार्फत पोखराको पर्यटनमा नवीन उर्जा संचार गराउन सके यसले संपूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यस संस्करणको प्रतियोगिता पोखरामा गर्न लागेका हौँ ।’
प्रतियोगिताका लागि ७२ जना खेलाडी र करिब दुई सय जना प्रतिष्ठित व्यक्तित्वहरु र उनीहरुका परिवार पोखरा आउनेछन्। प्रतियोगिताका लागि पोखरा आउने खेलाडी र विशेष पाहुनाहरुलाई पोखराको विभिन्न स्थानको भ्रमण तथा साहसिक खेलमा सहभागी गराइने प्रधानले उल्लेख गरे।
प्रधानले भने, ‘गल्फर र विशेष पाहुना तथा उनीहरुका परिवारका लागि गल्फ लगायत पोखरामा अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बञ्जी जम्प, ¥याफ्टिङ, क्यानोनिङ र डुंगा सयरका साहसिक खेलकुदमा सहभागी गराइनेछ।’
फेब्रुअरी ६ तारिख (माघको २४ गते) हिमालय गल्फ कोर्समा ७० भन्दा बढि कर्पोरेट गल्फरहरुले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका अलराउन्ड विजेताले सुनको गल्फ बल (बा¥हखरी गोल्डेन बल), ट्रफी तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्।
प्रतियोगितामा सहभागिता जनाउन पोखरा आउने पाहुनाका लागि १६ होटल र २५ वटा रेष्टुरेन्टको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताइएको छ।
प्रतियोगिताको प्रचार प्रसारका लागि माघको २३ गते पोखराको हल्लनचोकदेखि विजयपुर–मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्ससम्म साइकल ¥याली हुनेछ।
तेस्रो संस्करणको प्रतियोगिता गत वर्ष सगरमाथा क्षेत्रको ४ हजार २ सय ५० मिटर अग्लो उचाईको कोङ्देरीमा आयोजना गरेको थियो। ग्त वर्षको प्रतियोगिता दुई चरणमा खेलाइएको थियो। पहिलो चरणको प्रतियोगिता कोङ्देमा ४० बढी गल्फरहरुले एक होल खेलेका थिए भने दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेको १७ होल खेलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







