महिला भलिबल टोलीलाई ‘टिम अफ दि इअर’ अवार्ड


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




नेपाली राष्ट्रिय महिला भलिबल टोलीले वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ।

नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो। बंगलादेशमा आयोजना भएको प्रथम एभीसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो।

उक्त टोलीको प्रशिक्षकमा जगदीशप्रसाद भट्ट थिए। सो प्रतियोगितामा नेपालले खेलेका सबै ६ खेलमा विजयी बनेको थियो। यस्तै, गत वर्ष नेपालमै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालको महिला भलिबल टोलीले ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो।

महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित बनेको थियो। नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हारेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।