नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत नेपालको राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा लामाले ‘पिपल्स च्वाइस अवार्ड’ जितेकी छन्।
अरुणाले भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि जितेकी हुन्। अरुणाले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितिन्। अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेकी थिइन्।
उक्त विधातर्फ दोस्रो स्थानमा सागको करातेमा दोहरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहे। मण्डेकाजीले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे। तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन्। सदिनाले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरिन्।
चौथो स्थानमा रहेकी पौडीकी गौरीका सिंहले १३ दशमलव ३ प्रतिशत तथा पाँचौँ स्थानमा रहेकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ७ दशमलव २ प्रतिशत मत प्राप्त गरिन्। अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो।
सागमा नेपालले रजत पदक जित्दा अरुणाले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गरेकी थिइन्। यस्तै, बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि अरुणा नै कप्तान थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







