पोखरा ९ नयाँबजारमा रहेको नवप्रभात माविले कक्षा ११ मा अध्ययनका लागि आउका नवआगन्तुक बिद्यार्थीलाई बुधबार स्वागत गरेको छ । विद्यालयले कक्षा ११ अन्तर्गत कानुन र ब्यवस्थापन बिषयमा अध्ययन अध्यापन शुरु गरेपछि अध्ययनका लागि विद्यार्थीलाई बुधबार एक कार्यक्रम गरेर स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगर शिक्षा महाशाखाका विद्यालय निरिक्षक जीवन रेग्मीले नवप्रभात मावि पोखराको शैक्षिक गतिविधिमा अग्र पङ्तीमा रहेको भन्दै आगामी दिनमा पनि गुणात्मक छविलाई निरन्तरता दिनु सुझाव दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपेन्द्र मर्सानीले नवप्रभात माविलाई पोखराको नमुना विद्यालयको रुपमा विकास गर्न आफुहरु अहोरात्र खटेको भन्दै शिक्षाको गुणस्तर अब्बल रहनेमा ढुक्क रहन विद्यार्थीलाई आश्वस्त पारे ।
प्रातः संयोजक सूर्यबहादुर थापाले गुणस्तरिय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कक्षा १० का सौरभ बमरेलले स्वागत मन्तब्य राखेका थिए भने कक्षा ११ का नवआगन्तुक बिद्यार्थी पौडेल, सुदीप खातीले धन्यवाद व्यक्त गरेका थिए ।
विद्यालयका शिक्षक बीनप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा कक्षा ९, १० र ११ का बिद्यार्थीहरुले आफ्ना गीत, कविता, गजल, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । ब
बिद्यालयले प्रात सत्रमा कक्षा ९, १० सञ्चालन गर्दे आएकोमा यसै बर्षबाट कक्षा ११ मा कानुन र ब्यवस्थापन बिषयको पढाईको पनि सुरुवात गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





