सांकेतिक तस्विर
गुल्मी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीकोटदेखि स्याङ्जाको जैपते बेहुली लिन गएको ग १ ज ५०८६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार बेहुला सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे सहित घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप सोही वडाको खर्क नजिकैको ओरोलोमा सडकबाट अन्दाजी १८ मिटर तल खसेको पनि प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







