साविक विजेता बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




साविक विजेता बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ।

जर्मन महारथी बायर्नले दोस्रो डिभिजनको होल्सटिन कियलसँग टाइब्रेकर सुटआउटमा ६–५ ले हारेको हो।

सन् २००४ यता पहिलोपटक बायर्नले दोस्रो डिभिजनको टोलीसँग पराजित भएको हो। जर्मन कपबाट बाहिरिएको छ । होल्सटिन कियलसँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै साबिक विजेता टोली प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

जीतबाट केही सेकेन्डमात्र टाढा रहँदा हाउको वाहले स्टपेज टाइममा गोल गर्दै खेल बराबरी गरेका थिए। खेलमा दुईपटक अग्रता बनाएपनि बायर्नले हार टार्न सकेन।

खेलको १४ औँ मिनेटमा सर्जी ग्नाब्रीले बायर्नलाई अग्रता दिलाएपनि हाउकोको फिन बार्टेल्सले खेल बराबरी गोल फर्काए। दोस्रो हाफमा लेरोय सानेले पुनः बायर्नलाई अग्रता दिलाए पनि खेल सकिन केही सेकेन्ड बाँकी हुँदा कियलले खेल बराबरी गरेको थियो।

पेनाल्टी सुटआउटमा पहिलो १० पेनाल्टीलाई दुवै टोलीले गोलमा परिणत गरेको थियो। त्यसपछि कियलका गोलकिपरले बायर्नका मार्क रोटाको प्रहार रोके भने बार्टेल्सले गोल गर्दै टोलीलाई जीत दिलाए।

१२ वर्षमा पहिलो पटक बायर्न प्रतियोगितामा सेमिफाइनलमा पुग्नबाट असफल बनेको छ। पछिल्लोपटक बायर्न सन् २००३÷०४ मा दोस्रो डिभिजनका टोली अलेमानियासँग २–१ ले पराजित बनेको थियो।

सन् १९१२ को जर्मन च्याम्पियन कियलले नयाँ फम्र्याटको बुन्डेस लिगामा भने कहिल्यै खेलेको छैन। अहिले यो टोली दोस्रो डिभिजनको तेस्रो स्थानमा छ। हारसँगै बायर्नको यो सिजन पुनः ट्रेबल च्याम्पियन बन्ने सपना तुहिएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।