विश्वकै उत्कृष्ट होटलमा मेरियट काठमाडौं !


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




अमेरिकी चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलको रुपमा छानिएको छ ।

ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलर्स च्वाइस अवार्ड’ नेपालमा रहेको मेरियट काठमाडौंलाई प्रदान गरेसँगै विश्वको उत्कृष्ट होटलका रुपमा छानिएको हो ।

ट्रिप एडभाइजरले विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्दै आएको छ।

उसले लाखौं पर्यटकले गरेको समीक्षा, रेटिङ, सुरक्षा जस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको खबर राजधानी दैनिकमा छापिएको छ।

काठमाडौंको नागपोखरीमा १३ रोपनी क्षेत्रफलमा फैलिएको होटल १३ तलाको भवनमा रहेको छ। जहाँ क्यासिनोदेखि सबै पाँचतारे सुविधा उपलब्ध छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।