कास्की मादी गाउँपालिका२, हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङद्वारा लिखित ताङतिङ मेरो गाउँ’ पुस्तक आइतबार पोखरामा विमोचन गर्दै मादी गाउँपािलकाका अध्यक्ष बेदबहादुर गुरुङलगायतका अतिथि । तस्बिरः राधिका कँडेल
पोखरा। कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेख्नुभएको छ । उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतार्नुभएको हो ।
शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँ पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय हुनुहुन्छ । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उहाँ तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट गाउँलाई चिनाउन सक्रिय बन्नुभयो ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गर्नुभएका उहाँले २०७० सालमा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड समुलबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर प्राप्त गर्नुभयो । देशविदेशको फरक जीवनशैली, फरक परिवेश रहनसहन र संस्कृति देख्दा भोग्दा र अनुभव गर्दा नवीनतम सोंचले उहाँलाई आफ्नो गाउँप्रति माया जगाएको छ भने जन्मभूमिका लागि केही गर्न पनि प्रेरित ग¥यो ।
उहाँले ताङ्तिङ मेरो गाउँमा छोटाछोटा ३० वटा संस्मरणलाई गाउँको समग्रतासहित विदेश घुम्दाका अनुभवलाई उर्तानुभएको छ । “म गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ, त्यसैले पहिलो कृतिका रुपमा ताङ्तिङ मेरो गाउँ ल्याएको छु”, उहाँले भन्नुभयो, “यसमा गाउँको शैक्षिक अभियान, जीवनशैली, सूचना र प्रविधिका कथा, पर्यटन, बाल्यावस्था सामाजिक प्रयास विद्यालयदेखि विश्वविद्यालयका कथा र यात्रा संस्मरणलगायतका अन्य कुरा उतार्ने प्रयास गरेको छु ।
ग्रामीण पर्यटनका प्रवद्र्धनका अभियानकर्मी एवं पत्रकार अमृत भादगाउँलेले पोखरादेखि २१ किलमोटिर उत्तरपूर्व अवस्थित सुन्दर गाउँ ताङ्तिङलाई चिनाउन गुरुङको किताबले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “ग्रामीण जीवनशैली र गुरुङ संस्कृति अध्ययनका लागि यो पुस्तक निकै उपयुक्त छ, मासिँदै गएका र विस्थापित हुँदै गएका ग्रामीण जीवनका धेरै यथार्थता यस पुस्तकमा समेटिएको छ । ” उहाँले भन्नुभयो । पुस्तकको समीक्षा गर्दै पत्रकार जमुनावर्षा शर्माले गुरुङ समाजको यथार्थतासहित त्यस क्षेत्रको भौगोलिक, सांस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न पक्षलाई उजागर गरेको बताउनुभयो ।
मादी गाउँपालिकका अध्यक्ष बेदबहादुर गुरुङ९श्याम०ले गाउँको चिनारी बोकेको पुस्तक प्रकाशन हुनु निकै गर्वको कुरा भएको बताउनुभयो । उहाँले नागरिकमा लेखक गुरुङको जस्तो चेतना र ऊर्जा हुनसके गाउँविकासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तकका बारेमा धारणा राख्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई ग्रामीण क्षेत्रका पर्यकीय गन्तव्य र त्यसका पहिचानलाई पुस्तकका माध्यमबाट चिनाउन सहज हुने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ताङ्तिङ प्राकृतिक सुन्दरता रहनसहन संस्कृति लोभलाग्दो भएको उल्लेख गर्दै पुस्तकले यस क्षेत्रको महत्वलाई विस्तृतरुपमा उजागार गरेको बताउनुभयो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशले उक्त पुस्तक पोखरामा विमोचन गरेको थियो । भिटोफका अध्यक्ष नवराज अधिकारीले गाउँको जनजीवनलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा गुरुङ लिखित पुस्तक ताङ्तिङ मेरो गाउँ निकै उपयोगी हुने बताउनुभयो । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





