योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ प्रतियोगिताको उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्गले उचालेका छन्।
शीर्ष वरीयताका रत्नजितलाई सेमिफाइनलमा पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथी २१र/१८, २१/१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास बनाएका छन्।
महिलातर्फ शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिका गुरुङले उपाधि जितिन्। उनले १८/२१, २१/१५, २२/२० का साथ उपाधि जितेकी हुन्। जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो।
यसअघि, इटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधि उचालेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







