अलि मिया लोकवाड.मय प्रतिष्ठान पोखराले पृथ्वीनारायण क्याम्पस पोखरालाई प्राबिधिक सामग्री हस्तान्तरण गरेको छ । बिभागको कार्यालय पृथ्वीनारायण क्याम्पसकै प्रांगढमै आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले बिभागका अध्यक्ष प्रा।डा।कुसुमाकर न्यौपानेलाई कम्प्युटर, प्रिन्टर , प्रोजेक्टर , स्क्यानर लगायतका सामग्री हस्तान्तरण गर्नु भएको हो ।
पथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा.सरोज कोइरालाले यस्ता सहयोगले क्याम्पसलाई सबैको अपनत्व जगाउन सघाउने बताउनु भयो ।
बिभागका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले ति सामग्रीहरुको प्राज्ञिक प्रयोजनमा सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । न्यौपानेले बिभागले पछिल्ला दिनमा पुस्तक संकलन , श्रोत साधन सम्पन्न बनाउन अभियान चलाइरहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष प्राज्ञ हरिदेवी कोइराला , प्राध्यापक संघका अध्यक्ष थानेश्वर सुबेदी , नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीप्रेन्द्र श्रेष्ठले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बिभाग प्रमुख डा.न्यौपानेले २ लाख रुपैया बराबरको सहयोग प्राप्त गरेको एभरेस्ट आवाजलाई जानकारी दिनुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







