पोखरा । ग्यालेक्सी हस्पिटल प्रा.लि उतमचोक र निलगिरी वचत तथा ऋण सहकारी संस्था बिरौटा बिच स्वास्थ्य सेवामा छुट दिने संझौता भएको छ ।
यो संझौता अनुसार अब निलगिरी वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यले ग्यालेक्सी हस्पिटलको सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।
छुट सम्बन्धी संझौतापत्रमा हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा ऋषीराम ढकाल र सहकारीको तर्फबाट अध्यक्ष लेखनाथ बरालले हस्ताक्षर गरेका छन् ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
२५ शैयाबाट सेवा संचालन शुरु गरेको हस्पिटलमा हाल इमरजेन्सी ५ शैया, जनरल वार्डमा १२ शैया, डिलक्स क्याबिन ७, सेमी क्याविन १ (४ शैयाको) आई सि यू ६, पोष्ट अप ३, एन आई सि यु , पि.आई सि यु र वाल तथा नवजात शिसु शैया र आईसोलेशन वार्ड शैया संचालन गर्ने गरि संरचना निर्माण भई अधिकाँस सेवाहरु संचालनमा रहेको ग्यालेक्सी हस्पिटलका अध्यक्ष डा हेमन्त मानन्धरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







