निगमले बढायो पेट्रोल, डिजेलको मूल्य


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित




काठमाडौं । सोमबार मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २ रुपैयाँ बृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।