माछापुच्छे« गाउँपालिकाको आठौँ गाउँसभाबाट तीन विधेयक पारित


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




कास्कीको माछापुच्छे«े गाउँपालिकाको आठौँ गाउँसभाले सर्वसम्मत रुपमा तीन विधेयक पारित गरेको छ।

गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्वन्धी विधेयक, स्थानीय जलस्रोत विधेयक र गाउँ युवा परिषद् सञ्चालन सम्बन्धी विधेयक, २०७७ सर्वसहमतिले पारित गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिए ।

गाउँ सरकार संचालनका लागि अत्यावश्यक कानून गाउँसभाबाट पारित गर्दै अघि बढिरहेको उनको भनाई छ।

अध्यक्ष गुरुङले भने, संघीय र प्रदेशले कानून नबनाउँदा कतिपय साझा अधिकार सूची अन्तर्गतका कानून बनाउन नसकेपनि हाम्रो एकल अधिकार सूची अन्तर्गत रहेका कानून निर्माण गरिरहेका छौँ। कानून अभावमा गाउँ सरकार संचालनमा हालसम्म कठिनाइ परेको छैन।’

गाउँपालिकाले ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको आधार’ मूल नारा सहित अघि बढेको छ।

पालिकामा कानून मस्यौदा गर्ने जनशक्ति नहुँदा संघीय सरकारले पठाएको नमूनाका आधारमा कानून बनाउने गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्। पालिकाले बनाएको कानून संघ र प्रदेशसँग बाझिन नहुने भएकाले पनि कतिपय कानून बनाउन ढिलाई भएको बताइन्छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए। गाउँपालिकाको केन्द्रबाट ९ वटै वडाको केन्द्र जोड्ने सडक पक्की कालोपत्रे बनाउने योजना कार्यान्वयन शुरु गरिएको उनको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।