प्रधानमन्त्री कप क्रिकेट: गण्डकीको पहिलो जित


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत जारी समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमै विभागीय आर्मीसँग हारेको गण्डकीले प्रदेश–१ माथि जित निकालेको हो।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रदेश–१ माथि २ विकेटको साँघुरो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो। प्रदेश–१ लाई धराशायी बनाउन गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४/४ विकेट लिए। पौडेलले २७.२ मा राजन मगर, २७.३ मा मनोज तामाङ र २७.४ ओभरमा हेमन्त राईको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।

त्यस्तै कसिलो ब्याटिङ गरेका भण्डारीले पनि ७ ओभर बलिङ गरेर मात्र १८ रन दिएर ४ विकेट लिए।

ब्याटिङतर्फ प्रदेश–१ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाउँदा मिनस थापाले २२ रन जोडे। त्यस्तै, शुभाङर उराउओले १२, दीपक पासवानले ११ र दीपेश कँणेलले १० रन जोडे।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले ३७ ओभर सकिँदा ८ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।

गण्डकीका लागि युवा खेलाडी अर्जुन कुमाल र दीपक डुम्रेले ३५ रन जोड्दा अभिशेक थापाले अभिजित १३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ मिनस थापा र शुभङर उराओले समान २/२ विकेट लिँदा दीपेश कणेल र हेमन्त राईले समान १/१ विकेट लिए।

जित निकालेसँगै दुई खेल खेलेको गण्डकी प्रदेशको यो पहिलो जित हो भने समान २ खेलनै खेलेको प्रदेश–१ को यो दोस्रो हार हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।