राष्ट्रिय महिला लिग फुटबल आज (बुधबार)बाट सुरु हुँदैछ।
दशरथ रंगशालामा हुने उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता छ। पुलिस, आर्मीसँगै एपीएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका छन्।
दशरथ रंगशालामा राष्ट्रिय महिला लिगको उद्घाटन र लिगको अन्तिम खेल गरी दुई खेल मात्रै हुनेछ। बाँकी खेल भने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ। उद्घाटन खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ। आर्मी र पुलिस दुबै टिम सुरुवाती खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छन्।
फागुन ७ गतेसम्म संचालन हुने राष्ट्रिय महिला लिग डबल राउण्ड रोविनमा हुनेछ। प्रतियोगितामा कुल ४२ खेल हुनेछ। एन्फाले राष्ट्रिय महिला लिगसम्बन्धी निकालेको नियमअनुसार एउटा टिमले २३ खेलाडी र सात अफिसियल गरी ३० सदस्यसम्म राख्न पाउनेछन्। विभागीय टिमबाहेक हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न र खेलाउन पाउने छन्। एन्फाले प्रतियोगिताभर खेलाडी तथा अफिसियललाई कोरोना लागे आइसोलेसनमा राखेर उपचार गर्नेछ।
प्रतियोगिताको विजेताले १५ लाख नगद पाउँदा उपविजेताले आठ लाख पाउने छ। त्यस्तै, तेस्रो हुनेले ५ लाख र चौथो हुनेले ३ लाख पाउने छ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउँदा विधागततर्फ उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही ५० हजार नगद पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







