युवा उद्यमी मञ्च पोखराद्वारा आमा एग्रोलाई सहयोग


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७७ मा प्रकाशित




नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा उद्यमशीलता प्रवद्र्धनमा जुटेको छ । युवा तथा महिलाहरुलाई उद्यमशीलता प्रवद्र्धनका लागि मञ्च लागिपरेको हो । जसका लागि मञ्चले आर्थिक सहयोगसमेत गर्ने गरेको छ ।
पछिल्लोपटक मञ्चले आमा एग्रो प्रोडक्ट प्रा.लि.लाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैया सहयोग गरेको छ । मञ्चले बुधबार महिला उद्यमशिलताको नमूना मानिने आमा एग्रो प्रोडक्ट प्रा.लिलाई सो रकम हस्तान्तरण गरेको हो । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष पुनित वैद्यले आमा एग्रो प्रोडक्टकी अध्यक्ष गीता विष्टलाई हस्तान्तरण गरे ।
संस्थाको ‘बनौं लखपति’ कार्यक्रम अन्र्तगत सो रकम प्रदान गरिएको अध्यक्ष वैद्यले जानकारी दिए । ‘विशेष गरि महिला उद्यमशिलता र स्वदेशी उत्पादनलाई प्रर्वद्धनका कार्यक्रमलाई जोड दिएको आमा एग्रो प्रोडक्टमा सहभागी महिला उद्यमीहरुलाई प्रर्वद्धनका लागि उक्त रकम पछि फिर्ता गर्ने गरि हस्तान्त्रण गरेका छौं ।’ अध्यक्ष बैद्यले भने ।
एनवाईईएफ पोखराले युवा उद्यमीलाई प्रोत्साहन र प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक निरन केसीले बताए । पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने गहुँ, मकै, साग लगायतका खाद्य सामााग्रिहरुको बजारीकरणमा आमा एग्रोले गरेको उद्यमशिलतालाई थप प्रर्वद्धन हुने हिसावले आफूहरुले सहयोग गरेको उनले बताए ।
पोखराका यूवा उद्यमीहरुको संस्था एनवाईईएफले सञ्चालन गरेको ‘बनौं लखपति’ अभियानबाट दर्जनौ यूवा उद्यमी बनेको बताए । साथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीका विभिन्न विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक सामाग्री वितरण लगायतका गतिविधिमा समेत सहयोग गर्दै आएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।