राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन्।
बुधबार, दशरथ रंगशालामा भएको यस संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका हुन्।
बराबरी खेलेसँगै दुवै टोलीले समान १/१ अंक बाँडेका छन्। आर्मी, पुलिस दुबै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएपछि अंक बाँड्न बाध्य भए।
बिहीवार (आज) एपीएफले चन्द्रपुर तथा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकासँग खेल्नेछन्। सात टोलीको सहभागिता रहेको महिला लिगको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
यस्तै, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







