नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई आइपीएल टिम दिल्ली क्यापिटल्सले रिलिज गरेको छ।
सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए।
सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। २०१९ को सिजन भने सन्दीपले ६ खेलमा मौका पाए। तर, एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन नियमित टिममा स्थान बनाउन मुस्किल बन्यो ।
सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिएका थिए। कुनैपनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो। सन्दीप २०१८ मा तीन सिजनका लागि दिल्लीमा आबद्ध भएका थिए।
सन्दीपले सिजन २०२१ को आइपीएल टिममा स्थान बनाउन अब अक्सनबाट छानिनुपर्ने हुन्छ। सिजन २०२१ का लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ। दिल्लीले सन्दीपसहित मोहित शर्मा, तुसार देशपाण्डे, किमो पाउल, एलेक्स क्यारी र जासन रोएलाई पनि रिलिज गरेको छ।
त्यसअघि, आठ आइपीएल टिमहरूका लागि खेलाडी रिटेन र रिलिज गर्ने बुधबार अन्तिम मिति तोकिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







