स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै चाँदी तोलामा रु १५ ले बढेको छ । रु एक हजार २६० मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मूल्य निर्धारण भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





