नेपाली काङ्ग्रेसको वडा– २२ पनि विरोध सभा


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित




पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वमा रहेकोे कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काङ्ग्रेस वडा नम्बर २२ पुम्दी–भुम्दी ईकाई समितिले बिहिवार विरोधसभा गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता खेमराज पौडेलले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको बताए ।

यस्तै कार्यक्रममा प्रदेश ३ ख का सभापति प्रकाश बरालले प्रतिगामी कदम नसच्चिए आन्दोलनका सबै उपलब्धि समाप्त हुने बताए ।

सोही कार्यक्रममा तरुण नेता खुसिराम बराल,विद्यार्थी नेता शिव बराल, प्राध्यापक भिमनाथ बराल, क्षेत्रीय प्रतिनिधि कुलदेवी बराल, नेपाल दलित संघ जिल्ला सदस्य सन्तोष दियाली, नव प्रवेशी बुद्धिबहादुर परियार लगायत सबै वक्ताहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै, पुनःस्थापनाको माग गरे ।

सोही कार्यक्रममा नेकपाका संगठित सदस्य भेषराज बराल, बुद्धिबहादुर परियार,कविता परियार, हरि बि.क. लगायत चालिस जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस वडा २२ का सभापति देउकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ईकाई सचिव होमप्रसाद बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।