नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि बिहीबार साँझ पोखरा आइपुगेको छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आइपुगेको हो।
राष्ट्रिय फुटबल टोलीको पोखरामा दुई साता बन्द प्रशिक्षण संचालन गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व उप–महासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङ सहितका जिल्ला फुटबल संघका पदाधिकारीले स्वागत गरे।
पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र ९ जना अफिसियल गरी ४४ जना छन्।
टोलीले पोखरा रंगशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ। टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ छन्।
विश्वकप छनोट चरणम अन्तर्गत ३ ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा ३ खेल खेल्न बाँकी छ।
नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







