प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको तेस्रो हार, ६ विकेटसहित गण्डकीमाथि एपीएफको जित


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित




काठमाण्डौंमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले तेस्रो हार खेपेको छ।

प्रतियोगिता अन्तर्गत बिहीबार तेस्रो खेल खेलेको गण्डकी प्रदेशमाथि विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ६ विकेटले हराएको हो।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो। एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए। गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले २÷२ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्रै बनाउन सक्यो। गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए। एपीएफका कमल ऐरीले ४ विकेट लिए।

यो जितसँगै समूह ’ए’ को एपीएफले २ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ।
यस सिजनको जारी प्रतियोगितामा योसँगै गण्डकीको तेस्रो हार हो। यसअघि, गण्डकीले विभागीय सेनाको त्रिभुवन आर्मी क्लब र कर्णालीसँग हार खेपेको थियो। गण्डकी ४ खेलमा २ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।