बगर भाईखलक ‘एट ए साइड भेट्रान्स फुटबल’ प्रतियोगिताको सेमीफाइनलमा


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित




हेटौडामा जारी ‘एट ए साइड भेट्रान्स फुटबल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बगर भाईखलक सेमीफाइनलमा प्रवेश गरेको छ।

जारी प्रतियोगितामा बिहिबार सम्पन्न खेलमा मनोज गुरुङको एक मात्र गोलमा सेमीफाइनल प्रवेश गरेको हो।

आयोजक हेटौंडा भेट्रान्ससँगको प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफमा मनोजले गरेको एकमात्र गोल मद्दतले बगर भाईखलकको टिम फाइनलमा प्रवेश गरेको हो। अब, बगर भाईखलकले आज (शुक्रबार) काठमाण्डौंको चावहिल भेट्रान्ससँग सेमिफाइनल खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।