साविक विजेता सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ।
बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार सुरुवात गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफलाई जित दिलाउन राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले १÷१ गोल थपे।
दोस्रो खेलमा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले १–१ गोलको बराबरी खेल्यो। खेलमा वालिङकी सम्झना शर्माले दोस्रो मिनेटमै कर्नर पासमा हेड गोल गरेकी थिइन्।
६३ औं मिनेटमा विराटनगरकी आशाकुमारीले फ्रीकिकमार्फत बराबरी गोल गरिन्। वालिङकी सरस्वती हमाल ‘प्लेयर अफ द म्याच’ बनिन्।
शुक्रबार प्रतियोगितामा एकमात्र खेल हुनेछ । एन्फा मैदानमै नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी खेल्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







