बगर भाइखलक ‘भेट्रान्स एट ए साइड फुटबल’ को फाइनलमा


     एभरेस्ट आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित




पोखराको बगर भाइखलक भेट्रान्सले हेटौडामा जारी ‘एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता’को फाइनलमा स्थान बनाएको छ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बगर भाइखलकले चावहिल भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

सेमीफाइनलमा चावहिल भेट्रान्सलाई रोक्न मनोजले खेलको दोश्रो हाफको सातौं मिनेटमा गोलको टिमका लागि खाता खोलेका थिए।

खेलमा एक मात्र गोल गर्ने मनोजले ‘म्यान अफ दि म्याच’को ट्रफी प्राप्त गरे। प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार १ सयसहित कप, मेडल र प्रमाण्पत्र पाउने छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।